परासी । प्रहरीले पश्चिम नवलपरासीबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले जुवा खालबाट होटल सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । जिल्लाको बर्दघाटन नगरपालिका २ चिसापानीस्थित ध्रुव भण्डारीले सञ्चालन गरेको रोएल कटेज नामम होटेलमा जुवा खेलिरहेका १२ जना र होटल सञ्चालक भण्डारी गरि १३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीकाअनुसार उक्त जुवा खालबाट ३ लाख ८७ हजार ९६५ रुपैयाँ नगद र ४ बुक तास बरामद गरिएको जनाइएको छ । चाडबाडका बेला जिल्लाका विभिन्न ठाउँहरुमा जुवा, तास र कौडा खेल भैरहेको जनगुनासोहरु बढिरहेको हुँदा प्रहरीले निगरानी बढाएको छ ।