Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डको प्रस्ताव रोक्न माधव नेपाललाई ओलीको गुहार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ३० २०७७
  • 3.9K
    SHARES

कमिटीबाटै निकास खोज्नुपर्ने नेता नेपालको अडान
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव फिर्ता गराउन नेताहरुलाई आग्रह गरेका छन् ।आइतवार बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग छुट्छुट्टै र सामूहिक भेटवार्ता गरेर यस्तो वातावरण नबनाएसम्म मंसिर ३ गतेलाई बोलाइएको सचिवालय बैठक बस्न नसक्ने जनाएका हुन् । आइतबार बिहान उपाध्यक्ष वामदेव गौतम र विष्णु पौडेलसँग कुरा गरेका अध्यक्ष ओलीले अपरान्ह पुनः बरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएका थिए । नेता नेपालले एक्लै नभेट्ने बताएपछि गौतम दोस्रोपटक बालुवाटार पुगेका थिए ।
त्यसक्रमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने त्यसपछि मात्रै अन्य विषय अघि बढ्ने जनाएको वालुवाटार स्रोतले जनाएको छ । ‘प्रचण्डजीको प्रस्तावभन्दा पनि म विरुद्धको आरोपै आरोप र प्रहारले भरिएको लिखत जो छ, त्यो रोक्नुपर्छ । त्यो रोकिएपछि मात्रै अरु विषयमा छलफल हुन्छ, त्यसमा तपाइले पहल गर्नुपर्यो’, ओलीले नेपाललाई आग्रह गरेका थिए ।

जवाफमा नेता नेपालले प्रचण्ड एक्लैले उक्त प्रस्ताव नल्याएको भन्दै ५ जना नेताहरुकै छलफल र सल्लाहमा ल्याएकोले कुनै हालतमा प्रस्ताव फिर्ता नहुने बरु कमिटीमै छलफल गरेर निकास खोज्नुपर्ने अडान दोहोर्याएका थिए । ‘त्यही छलफल गरौला नि, त्यही कुरा गर्दा हुन्छ । किन बाहिर सहमति गर्नुपर्यो र  बैठकमा पेश भएको विषयमा छलफल गरेपछि कमिटीले जे भन्छ त्यही निर्णय मानेर अघि बढौला’, नेता नेपालले ओलीलाई जवाफ फर्काएका थिए ।

नेता नेपालसँगको भेटमा ओलीले प्रचण्डले आफुलाई घेराबन्दीमा पारेको, राम्रा काम गरेपनि त्यसको जस नदिएको र आफुलाई प्रहार गर्नमै रमाएको भन्दै सँधैभरी यसरी बस्नुभन्दा आ(आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने बताएका थिए ।
त्यसको जवाफमा नेता नेपालले कुनै हालतमा पार्टी विभाजनको कुरा स्वीकार्य नहुने भन्दै अहिले अवस्थामा पूर्व एमाले र पूर्व माओवादी भनेर कित्ता छुट्टयाउन र व्यवहार गर्न नमिल्ने धारणा राखेका थिए ।
नेपालसँग लामो गन्थन गरेका ओलीले अन्तिममा आफुले के सहयोग गर्नुपर्ने हो, त्यो गर्न तयार रहेको बताएका थिए । भेटवार्तामा ओलीले अरु खासै ठोस प्रस्ताव अघि नसारे पनि ‘मैले तपाईलाई के सहयोग गर्नुपर्ने हो त्यो गर्न तयार छु’, भन्ने शैलीमा पुरानै गन्थन सुनाउनुभएको आफुले बुझेको नेपाल निकट एक स्थायी समिति सदस्यले जानकारी दिए ।

यसअघि शनिबार पनि ओलीले प्रस्ताव फिर्ता गराउन भन्दै नेता गौतमलाई बोलाएर कुरा गरेका थिए । शनिबारै ओलीले राष्ट्पतिलाई समेत भेटेर आफु अप्ठ्यारोमा परेको भन्दै गुनासो गरेका थिए । गत शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव पेश गर्दै सरकारको र पार्टीको समेत नेतृत्व गरेका अध्यक्ष ओली सच्चिनुको विकल्प नभएको बताएका थिए । तर ओली आफु सच्चिनुको साटो नेताहरुलाई फकाउने र आफ्नो गल्ती ढाककछोप गर्नतिरै लागिरहेका छन् ।
ओली प्रचण्डले सो प्रस्ताव फिर्ता लिएमात्रै मंसिर ३ का लागि तय भएको बैठक बसाउने पक्षमा छन् । तर, बहुमत सचिवालय सदस्यहरु पार्टी कमिटीमा पेश भएको दस्तावेज त्यही छलफल गरेर निकास खोज्नुपर्ने पक्षमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४