Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६४७६ जनामा परीक्षण गर्दा १४७७ जनामा कोरोना संक्रमण पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ३० २०७७
  • 7.1K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनामा परीक्षण गर्दा १४७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६३२, ललितपुरमा १३३, रुपन्देहीमा ९१, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, कास्कीमा ३९, चितवनमा ३६, कैलालीमा ३३ र मोरङमा ३१ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै बाँकेमा २८, सुनसरीमा २६, झापा, गुल्मी र पाल्पामा २२/२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा ९, ताप्लेजुङ र नवलपरासी पूर्वमा ८/८, तेह्रथुममा ७ र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम, सिराहा, दोलखा र मकवानपुरमा ५/५, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुपाल्चोक, गोरखा र अर्घाखाँचीमा ४/४, बारा, रसुवा, स्याङ्जा र अछाममा ३/३ जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा २/२ र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा १/१ जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४