Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २९ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । उनहिरुमध्ये १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन् भने १२१५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३६ हजार ४५२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २७ हजार ७२० होम आइसोलेसनमा छन् भने ३७६ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६४२, ललितपुरका १०५ र भक्तपुरका ८८ जना छन् ।

यस्तै कास्कीका २०८ जना, झापाका १२१, रुपन्देहीका ८२, गोरखाका ६४, काभ्रेका ५९, मोरङ र कैलालीका ५२/५२ जना, तनहुँका ४३, सुनसरीका ३५, बाँकेका ३४, डडेलधुराका १८, बर्दियाका १५, पर्वत र नवलपरासीका २४/२४ जना, मकवानपुरका २३, कपिलवस्तुका २१, बाग्लुङ र पाल्पाका १९/१९ जना, सिन्धुपाल्चोक र बर्दियाका १५/१५ जना, धादिङका १४, चितवन, दोलखा र नवलपुरका १२/१२ जना, म्याग्दी र लमजुङका १०/ १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा, स्याङ्जा, दाङ र कञ्चनपुरका ९/९ जना, धनुषा र डोटीका ८/८ जना, पर्सा र महोत्तरीका ७/७ जना, उदयपुरका ६, इलाम र सिन्धुलीका ४/४ जना, सोलुखुम्बु, सिराहा, नुवाकोट, गुल्मी र बैतडीका ३/३ जना, भोजपुर, रोल्पा र अछामका २/२ जना तथा ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, रौतहट, सर्लाही, रामेछाप, दैलेख, सल्यान र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४