Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २४ २०७७
  • 4.8K
    SHARES

बुटवल । बाँके जिल्लामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा र दाङको घोराही उपमहानगरपालिका वडा नंं. ३ निवासी १५ वर्षीय किशोरको शिक्षण अस्पताल कोहलपुरमा गएराति मृत्यु भएको हो असोज १३ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका ३८ वर्षीय पुरुषलाई २१ गते राति भेरी अस्पतालमा लगिएको थियो । प्लाज्मा थेरापी पनि गरिएका उनको शुक्रबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यसैगरी दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब ८ः३० बजे मृत्यु भएको हो । उनमा निमोनियासमेत देखिएको थियो । उनको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकेर मृत्यु भएको श्रेष्ठले  जानकारी दिए ।योसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४