Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमण घटाउँदै भारत, नेपालमा भने जति जाँच्यो उति बढ्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २३ २०७७
  • 6.7K
    SHARES

काठमाडौं :भारतमा  कोरोना संक्रमणभन्दा यसबाट मुक्त हुनेको संख्या तीव्र गतिमा बढिरहेको छ। बुधबार भारतमा ७८ हजार ८ सय ९ जनामा संक्रमण पुष्टि भए भने ८३ हजार २ सय ९ जना कोरोनामुक्त भएका छन्। यही अवधिमा मृत्यु हुनेको संख्या भने ९ सय ६३ रहेको छ। भारतमा कोरोना परीक्षण दर पछिल्लो समय बढाइएको छ। परीक्षणको दायरा बढाइए पनि भारतमा यो हप्ता लगातार संक्रमण दर घट्दै गएको तथ्यांकले देखाएको छ।

भारतमा एक महिनाअघि पाइएको दरमा संक्रमण झरेको छ। हरेक दिन संक्रमणको दर यहाँ घटिरहेको छ। सेप्टेम्बर महिनाको मध्यतिर दैनिक ९० हजार भेटिएका संक्रमित अहिले भने ७० देखि ८० हजार खुम्चिएको छ।बितेको एक महिनामा एक लाख सक्रिय संक्रमित घटेका भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यदि नयाँ संक्रमित र कोरोनामुक्त हुनेको संख्या यही गतिमा रहे भारतमा आगामी जनवरी पहिलो सातासम्म एक लाख पनि सक्रिय संक्रमित नरहने देखिन्छ।भारतमा हालसम्म ६८ लाखभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ भने ५८ लाखभन्दा बढीले यसमाथि विजय प्राप्त गरिसकेका छन्।

त्यस्तै १ लाख ५ हजार जनाले ज्यान गुमाएका छन्। भारतमा सबैभन्दा बढी महाराष्ट्रमा ३९ हजार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। लकडाउनको साटो परीक्षण बढाइयो कोरोना संक्रमणको रफ्तार बढ्दै गए पनि भारतले पछिल्लो समय लकडाउनको स्वरुप केही बदलेको थियो। तर संक्रमण दर रोकिएको थिएन। पछिल्लो समय भारतमा कोरोना संक्रमण यसरी बढ्न थाल्यो कि विश्वमै भारत संक्रमण हुने देशको दोस्रो स्थानमा पुग्यो। मुस्किलले दैनिक ५० हजार रियल टाइम पिसिआर गर्दै आएको भारतले पछिल्लो साता भने कोरोना परीक्षणदर निकै बढाएको छ। चौतर्फी लकडाउन र निषेधाज्ञा गरे पनि संक्रमणको दर नघटेपछि हाल भारत सरकारले दैनिक ८५ हजारसम्म कोरोना जाँच गर्न थालेको छ।

भारतमा हालसम्म ८ करोड ३४ लाख मानिसको पिसिआर परीक्षण भइसकेको छ। जबकि यो दर पछिल्लो दुई महिनायता मात्रै आधाले बढेको हो। अमेरिकाभन्दा करिब १० लाखभन्दा कम मात्र संक्रमित भएको भारतमा ज्यान गुमाउनेको संख्या भने उसको भन्दा आधा मात्र छ। अर्थात् अमेरिकामा २ लाख १६ हजार मानिसको कोरोनाका कारण मृत्यु भएको छ भने भारतमा १ लाख ५ हजारले ज्यान गुमाएका छन्। भारतमा संक्रमित संख्या दोब्बर हुन पछिल्लो महिना ३२ दिन मात्र लागेको थियो। तर अहिलेको अवस्था हेर्दा ५६ दिनमा संक्रमित दोब्बर हुने देखिन्छ।

यो तथ्यांकले पनि भारतमा कोरोना संक्रमणको दर घटाइरहेको स्पष्ट थाहा पाउन सकिन्छ। कोरोना संक्रमित बढ्दै गएको भनी भारतले पछिल्लो महिना पिसिआर जाँचलाई फराकिलो बनाएको थियो तर त्यसै बेलाबाट भारतमा संक्रमित संख्यामा भने भारी गिरावट आइरहेको छ। तर नेपालमा भने फरक छ अवस्था भारतको तुलनामा नेपालमा संक्रमित संख्या उल्लेख्य बढिरहेका छन्। नेपालमा कोरोना संक्रमण बढ्दै गएको र लकडाउनपछि लगभग देशभर लागु गरिएको निषेधाज्ञाले केही हदसम्म संक्रमण घटाउने विश्वास लिइएको थियो। तर नतिजा उल्टियो। नेपालमा हालको अवस्था हेर्दा जति धेरै परीक्षण उति धेरै संक्रमित भेटिन थालेका छन्।

नेपाल सरकारले देशभर सक्रिय संक्रमित संख्या २५ हजार नाघे पुनस् लकडाउन लगाउने चेतावनी केही दिनअघि दिएको थियो। तर हाल नेपालमा २६ हजारको संख्या सक्रिय संक्रमित पुगिसकेका छन्। दैनिक १० देखि १३ हजार आरटी पिसिआर गर्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भने परीक्षणको दायरा फराकिलो बनाउँदै लगेको छ। २४ घण्टामा लगभग १ हजारदेखि १५ सयसम्मको हाराहारीमा पुष्टि भइरहेका संक्रमित पिसिआर परीक्षणको दायरा बढाएसँगै ह्वात्तै बढेको छ।

बिहीबार देशभर १८ हजार ४ सय ७३ जनाको पिसिआर गर्दा कुल संक्रमित संख्या ४३ सय ६४ जना भेटिए। अर्थात् परीक्षण गरिएका मध्ये झन्डै २४ प्रतिशत संक्रमित आज थपिए। बुधबार पनि एक दिनमै लगभग यही संख्यामा संक्रमित थपिएका थिए। पछिल्लो समय संक्रमित थपिनुमा कोरोना परीक्षण दायरा फराकिलो बनाउँदै लगिएकोबाटै हो भन्ने यही आधार हो। संक्रममितको कन्ट्याक ट्रेसिङमा पर्नेको संख्या बढ्दै जानु, पर्याप्त किटको उपलब्धता र पछिल्लो समय जहीँतहीँ कोरोना परीक्षण गर्न पाइनुले नेपालमा कोरोना परीक्षणको दर बढ्न थालेको छ। तर छिमेकी मुलुकमा संक्रमित घट्दै जान थाले पनि नेपालमा भने ठीकविपरीत जति जाँच्यो उति बढ्योुको रफ्तारमा संक्रमण बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४