Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परराष्ट्र मन्त्रालयको सचिवमा भरत पौडेल, डिप्रप्रसाद बने वायु सेवा निगमको महाप्रबन्धक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २३ २०७७
  • 11.3K
    SHARES

काठमाडौं । सरकारले भरत पौडेललाई परराष्ट्र मन्त्रालयका सचिव नियुक्त गरेको छ ।हिजो बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो । नवनियुक्त सचिव पौडेलले आज जिम्मेवारी सम्हाल्नुभएको छ ।

यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको रुपमा काम गर्नुभएको थियो । स्याङ्जाका ५४ वर्षीय पौडेल पाकिस्तानका लागि राजदूतसमेत हुनुुभएको थियो ।

निमित्त सचिव हुनुअघि उहाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुनुहन्थ्यो । यस्तै बैठकले नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिप्रप्रसाद (प्रकाश) पौडेललाई नियुक्त गरेको छ ।यसअघि निगम सञ्चालक समिति सदस्य रहेका पौडेललाई महाप्रबन्धक नियुक्त गरिएको हो ।

बैठलले लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिव पनि नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले सानुराजा शाक्यलाई सदस्य सचिव नियुक्त गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४