Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा अध्यक्षद्वयबीच सहमति नहुँदा तत्काल मन्त्रिपरिषद हेरफेर नहुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २३ २०७७
  • 6.2K
    SHARES

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ठोस सहमति नभएपछि तत्कालका लागि मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ ।मन्त्री चयनका लागि अध्यक्षद्वयले ठोस मापदण्ड बनाउन नसकेपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन टरेको छ ।

भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न म्याण्डेट दिएको थियो ।त्यसपछि असोज ४ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वयलाई मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड तय गर्ने जिम्मेवारी दियो ।

तर अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने बारेमा पटक–पटक छलफल भएपनि मापदण्डमा कुरा नमिल्दा मन्त्री हेरफर तत्काल नहुने भएको हो ।मन्त्रिपरिषद् पुनगर्ठनका लागि मापदण्ड तय नभएपनि रिक्त रहेका तीनवटा मन्त्रालयमा भने तत्कालै मन्त्री नियुक्त गर्न अध्यक्षद्वय सहमत छन् ।

ओली र दाहालबीच अर्थ, सूचना तथा सञ्चार र शहरी विकास मन्त्रालयमा एकदुई दिनभित्रै मन्त्री नियुक्त गर्ने सैद्धान्तिक सहमति भएको बताइएको छ ।तर कुन मन्त्रालय कसले लिने भन्नेमा भने मतभेद कायमै रहेको दुवै अध्यक्षका निकट नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४