Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार र डा. केसी बिचको वार्ता सहमति नजिक 


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २३ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । सरकार र २५ दिनदेखि अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ ।

शिक्षासचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच बिहीबार दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा. केसीले अघि सारेका ६ बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ ।

कुनकुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने दुबै वार्ता टोलीका सदस्यहरुले बताउन चाहेका छैनन् । सरकारी वार्ता टोलीका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, निकै सकारात्मक छलफल भएको छ । छलफलमा आएका कुराहरुलाई दुबै टोलीले आफू सम्बद्ध पक्षमा परामर्श गरेपछि सहमति खोज्छौं ।’

डा. क्षेत्री नेतृत्वको वार्ता टोलीले डा. केसीलाई भेटेर मन्त्रालयमा भएका छलफलबारे ब्रिफिङ गरिसकेको छ । डा. केसीले भने भन्ने बाहिर ल्याइएको छैन ।

तर भोलि सरकार र डा. केसीबीच सहमति हुने सम्भावना रहेको शिक्षामन्त्रालयसवद्ध स्रोतले बताएको छ ।

केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ-६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए । ८ औं दिनमा काठमाडौं आएका उनले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिएका छन् ।

डा. केसीको अनसनको २४औं दिनमा सरकारले वार्ता टोली बनाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४