Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २३ २०७७
  • 5.5K
    SHARES

काठमाडौँ । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेडको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसका लागि त्यहाँका सैनिकहरुले महिनौदेखि तयारी गरिरहेको बताइएको छ । सैन्य अभ्यासमा कुनै पनि गल्ती नहोस् र सर्वाेच्च नेता किम जोङ उनलाई प्रभाव पार्ने अभिप्रायले सो अभ्यास हुन लागेको हो । यस्तो अभ्यास उत्तर कोरियाले समयम समयमा आफ्नो शक्ति प्रदर्शनको लागि गर्ने गर्दछ र यस्तो अभ्यासमा हुने कुनै पनि गल्तीलाई सेनाका कमाण्डर सहँदैनन् ।

यस्ता परेडहरु केही हदसम्म उत्तेजक समेत हुनसक्ने बताइन्छ । सन् २०१८ मा उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विचमा वार्ता भएपछि उत्तर कोरियाले यस्तो परेडमा ब्यालेष्टिक मिसायल भने प्रदर्शन गरेको छैन । तर गत वर्षको फेबु्रअरीदेखि दुई पक्षबीच कुनै पनि वार्ता हुन भने सकेको छैन ।

सो परेड त्यहाँको संस्थापक नेताको ७५ औं वार्षिक उत्सब र अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा हुन थालेको हो । उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र जर्जर भइरहेको समयमा उसले सो परेडको आयोजना गर्न लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४