Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा रहेका अमेरिकी नागरिकले राष्ट्रपति निर्वाचनमा कसरी भोट हाल्दैछन् ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०७७
  • 7.9K
    SHARES

अमेरिकामा राष्ट्रपति निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन । चुनावी अभियान तीव्र बनिरहेकै समयमा राष्ट्रपति निर्वाचनका एक उम्मेदवार तथा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । यद्यपि नोभेम्बर ३ मा हुने निर्वाचनको तयारी भने अगाडि बढिरहेका छन् ।अमेरिकाले मुलुकभित्र मात्र होइन, मुलुक बाहिर रहेका आफ्ना नागरिकहरुका लागि राष्ट्रपति निर्वाचनमा मत खसाल्ने अधिकार प्रदान गरेको छ । नेपालस्थित अमेरिकी राजदूतवासले पनि पटक–पटक सूचना प्रकाशित गरेर आफ्ना नागरिकलाई मतदानको प्रक्रिया अगाडि बढाउन आग्रह गरिरहेको छ ।

जन न्युज नेपाल खबरसँग कुरा गर्दै अमेरिकी दूतावासका एक अधिकारीले भने, ‘हामीले बारम्बार त्यहाँ रहेका हाम्रा नागरिकलाई आफ्नो राज्यमा हुने निर्वाचन र त्यहाँको डेडलाइन हेर्न तथा समयमा नै सबै प्रक्रिया पुरा गर्न आग्रह गरिरहेका छौं ।

कसरी गर्छन् भोट ?

सबैभन्दा पहिला अमेरिकी नागरिकले आफ्नो राज्यमा कुन मितिमा मतदान हुन गइरहेको पत्ता लगाई निर्वाचन कार्यालय यकिन गर्नुपर्छ । त्यसपछि उनीहरुले फेडरल पोष्ट कार्ड सिस्टममा दर्ता गराउनुपर्छ ।आफूले जुन राज्यमा मतदान गर्नुपर्ने हो, त्यहाँ इमेल मार्फत दर्ता गराउनुपर्छ । यसरी दर्ता गराएपछि निर्वाचन कार्यालयले अनुपस्थित मतपत्र (एबसेन्टी ब्यालेट) इमेलमा पठाउँछ । त्यही मतपत्रमा भोट गरेर त्यसलाई सम्बन्धित दूतावासमा दिने तथा मेल र अन्य माध्यमले पनि पठाउन सकिन्छ । उनीहरुले सो मतपत्र मेल, फ्याक्स र इमलेका माध्यमले पठाउन सक्छन् ।

अमेरिकाको कुनै राज्यमा इमेल अथवा कुनै राज्यमा फ्याक्सको मात्र व्यवस्था गरिएको हुन्छ । यति मात्र होइन, आफ्नो ब्यालेट पेपरको अवस्था समेत उनीहरुले पत्ता लगाउन सक्छन् ।अन्य बर्षमा भन्दा पृथक यस बर्ष कोरोना भाइरसका कारण कतिपय मुलुकमा भने मेल सेवा पठाउन समेत समस्या उत्पन्न भएको छ । विशेषगरी द्वन्द्वग्रस्त मुलुक र कोभिडको कारणले १० बर्षभन्दा बढी मुलुकको मेल सेवा स्थगन भएको अमेरिकी सरकारले जानकारी गराएको छ । कतिपय सेवा प्रदायकले नै मेल लैजान नसक्ने जानकारी गराएका छन् ।

मतदातालाई कुनै समस्या आएमा त्यसलाई सम्बोधन गर्नका लागि टोल फ्रि नम्बर र फ्याक्स नम्बरको व्यवस्था गरिएको छ ।मतदान गर्नु नागरिकको दायित्व भएको भन्दै अमेरिकाले संसारभरी रहेका आफ्ना नागरिकहरुलाई मतदानको लागि आग्रह गरेको छ । यसरी मतदान गर्नका लागि केही निश्चित मापदण्डहरु निर्माण गरेको हुन्छ, जसलाई पूर्ण रुपमा पालना गरेको हुनुपर्छ ।

नेपालमा पनि केही वर्षयता विदेशमा रहेका नेपाली नागरिकहरुका लागि मतदानको व्यवस्था गर्न माग भइरहेको छ ।सर्वाेच्च अदालतले सन् २०१८ मा काम, विद्यार्थी र भिसा प्रयोजनका लागि विदेशमा रहेका नागरिकहरुलाई मतदानको व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो । निर्वाचन आयोगले पनि यससम्बन्धमा तयारी भइरहेको बताउने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४