Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०७७
  • 4K
    SHARES

वीरगञ्ज । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनशन माफियालाई टेनसन, लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी वीरगञ्जकी ज्योति साहले डाक्टर केसीले सम्पूर्ण नेपालीको स्वास्थ्यका लागि आफ्नो स्वास्थ्य दाउमा राखेकाले सरकारलाई दबाव दिन प्रदर्शनमा सहभागी भएको बताइन् । ‘म बाल अधिकारको पक्षमा लागेको मान्छे, आज डाक्टर गोविन्द केसी जस्तो मान्छेको त कुरा सरकारले सुनिरहेको छैन,’ उनले भनिन्, ‘हामी बालबालिकाको कुरा कसले सुन्ला र ? अधिकारका लागि लड्नुपर्छ भनेर पहिलो पाइला डाक्टर केसीको समर्थनमा चालेकी छु ।’

जसपाका युवा नेता ओम प्रकाश सर्राफले डाक्टर केसीको जायज माग पूरा गर्न सरकारलाई दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताए । ‘आम गरिब जनताका छोराछोरी पनि डाक्टर बन्न सकुन्, उपत्यका बाहिर पनि सरकारी मेडिकल कलेज खुलोस् भनेर डाक्टर केसी अनशनमा बसेका छन् । तर सरकारले सुनिरहेको छैन, यसले सरकार मेडिकल माफियाको कब्जामा रहेको प्रष्ट हुन्छ ।’

नेपाल चिकित्सक संघ नारायणीका सचिव डाक्टर उदय नारायण सिंहले एउटा सत्याग्रही मानिस १९ औं पटक अनशनमा बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । ‘कुनै व्यक्तिगत स्वार्थ छैन । आम नागरिकको लागि लड्दै हुनुहुन्छ, सहज स्वास्थ्य सेवा प्राप्ती होस्, चिकित्सा शिक्षामा सबैको पहुँच होस् भनेर अनशनरत हुनुहुन्छ,’ डाक्टर सिंहले भने, ‘ती कुरा पूरा गर्ने दायित्व लोकतान्त्रिक सरकारको पनि हो, तर सरकार र आम नागरिक दुवै सुतेका छन्, खबरदारी मार्फत जगाउने प्रयास गरेका हौं ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४