Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थप १५५१ जना संक्रमित, २३४० जना संक्रमणमुक्त


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २० २०७७
  • 4.4K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५५१ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ५०९ महिला र १०४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

सक्रिय संक्रमित २२ हजार ७०९ छ । १३ हजार ५९१ होम र ९ हजार ११८ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४३ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १०१७ जनामा संक्रमण पुष्टि भएको छ, जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना छन् ।

यस्तै रुपन्देहीका ९६ जना, चितवनका ८१, दाङका ३४, मोरङका २७, काभ्रेका २४, गोरखा र कैलालीका २०/२० जना, सुनसरीका १९, महोत्तरीका १५, नवलपुरका १३, धनुषाका १२, सिराहा र कालीकोटका १०/१० जनामा संक्रमण देखिएको छ ।

सर्लाही र दैलेखका ७/७ जना, रौतहट र मकवानपुरका ६/६ जना, धादिङ, नुवाकोट, स्याङ्जा र बैतडीका ५/५ जना, झापा, रुकुम पश्तिम र कञ्चनपुरका ४/४ जना, उदयपुर र सिन्धुपाल्चोकका ३/३ जना, इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लजमुङ, बाग्लुङ, सुर्खेत, डडेलधुरा, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४