Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुटवलको आन्दोलनमा दमन गर्नु सरकारको पराजित मानसिकता : नेविसंघ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १९ २०७७
  • 9.5K
    SHARES

पक्राउ परेकालाई विनाशर्त रिहा गर्न माग

काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएको विरोधमा बुटवलमा जारी आन्दोलनमा दमन गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा बुटवलबाट पक्राउ परेका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेललगायतलाई विनाशर्त रिहा गर्न पनि नेविसंघले माग गरेको छ ।

आन्दोलनमा दमन गर्नु सरकारको पराजित मानसिकता भएको नेविसंघको टिप्पणी छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले भनेका छन्, ‘छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापूर्वक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज हो ।’

नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल

मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका नेताहरू हरिलाल पाण्डे, शिव गैरे, विष्णु पोखरेल, ज्ञानेन्द्र कार्की, नेपाल तरुण दलका क्षेत्रिय सभापति प्रकाश गैरे र पत्रकार कमला पाण्डे लगायतलाई तत्काल रिहा गर्न महामन्त्री तिमल्सिनाले माग गरेका छन् ।

काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा बुटवलमा आउँदै गर्दा राजमार्ग चौराहा नजिक मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुई वटा गाडी माथि ढुंगा प्रहार भएको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।

सो घटनामा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नेविसंघ महामन्त्री तिमल्सिनाले आन्दोलनको कार्यक्रमबारे छलफल गर्न बैठक बसिरहेको बेला प्रहरीले पक्राउ गरेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४