Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चार भोटले चिप्लिन सक्छ भालुवाङ ! प्रदेशसभामा बुटवल कि दाङको पल्ला भारी ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०७७
  • 12.1K
    SHARES

काठमाडौं । प्रदेश ५ को राजधानी बुटवल कि दाङ भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै फरक मत देखिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेको भोलिपल्ट शनिबार बसेको प्रदेश ५ नेकपा संसदीय दलको बैठकमा भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, विष्णु पन्थी, युवराज खनाललगायतका १४ जनाले नोट अफ डिसेन्ट लेखेका छन् । त्यसैगरी नेकपा, रुपन्देहीले प्रदेश राजधानी सार्ने प्रस्ताब सबिधानको भावना विपरीत रहेको दाबी गरेको छ । रुपन्देही आसपासका स्थानीय तहका प्रमुखहरूले पनि बुटवल नै राजधानी हुनुपर्नेमा जोड दिएका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि दाङको पक्षमा रहेको बताइएको छ । तर संविधानतः प्रदेश राजधानी र नाम के राख्ने भन्ने तय गर्ने अधिकार प्रदेश सभालाई छ । प्रदेशसभाका दुई तिहाई सदस्यको मतले जे निर्णय गर्छ त्यही अन्तिम हुन्छ । ८७ सदस्यीय प्रदेशसभामा दुई तिहाईका लागि ५८ सांसद आवश्यक पर्ने देखिन्छ ।

प्रदेश ५ मा नेकपाको दुई तिहाई अर्थात ६१ सांसद छन् । नाम र राजधानी टुंगो लगाउन नेकपाका सांसदहरूकै मत पर्याप्त छ । तर, यो मत झिनो (४ भोट) छ । शनिबारको बैठकमा नोट अफ डिसेन्ट लेखेका १४ सांसदले प्रदेश सरकारको प्रस्तावको विपक्षमा मत दिएको अवस्थामा भने नेपाली कांग्रेसको समर्थन आवश्यक पर्दछ ।

कांग्रेसका १९ सांसद छन् । त्यसमध्ये बहुमत सांसद दाङको पक्षमा देखिन्छन् । पार्टीले ह्विप नलगाउँदा ७/८ सांसदले बुटवलको पक्षमा भोट दिने कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए । नवलपरासी स्थायी घर भएका कांग्रेस नेता देवेन्द्रराज कँडेल भने प्रदेश सभाका सांसदहरूलाई ह्विप लगाउन नहुनेमा जोड दिन्छन् । उनी भन्छन्, ‘प्रदेशका माननीयहरूलाई स्वविवेकको अधिकार दिनुपर्छ ।

प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । जसपाका चार सांसद दाङ र दुईजना बुटवलको पक्षमा देखिएका छन् । जसपा संसदीय दलका नेता सहषराम यादव भने आफ्नो पार्टीको मत विभाजन नहुने बताउँछन् । यादव भन्छन्, ‘छलफलमा विभिन्न विचार आउनु अस्वाभाविक होइन । तर, पार्टीबाट निर्णय गरेर मत हाल्छौं । नेकपा प्रदेश ५ का एक नेता भने आफ्नो पार्टीका १४ सांसदले विपक्षमा मत दिए पनि दाङको पक्षमा सजिलै दुई तिहाई पुग्ने दाबी गर्छन् । ती नेता भन्छन्, ‘ह्विप नलगाउने हो भने नेकपाको ७/८ मत पुग्दैन ।’

तर, दाङ आसपासका कांग्रेस र जसपाका सांसदहरूको मत आउने निश्चित प्रायः भएको नेकपाका ती नेताको भनाइ छ । उनी ८० प्रतिशत भन्दा बढी सांसदहरू दाङको पक्षमा रहेको दाबी गर्छन् ।

यसैवीच नेकपाका महासचिव विष्णु पौडेलले आइतबार बालुवाटारमा अध्यक्षद्वयलाई भेटेर दाङलाई राजधानी बनाउने निर्णयमा पुनविचार गर्न माग गरेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४