Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाङमा राजधानी राख्ने निर्णय सच्याउन नेकपा महासचिवको माग बालुवाटारमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०७७
  • 7K
    SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्ड समक्ष माग गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा महासचिव पौडेलले अध्यक्षद्वयसँग दाङमा राजधानी राख्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् । महासचिव पौडेलले ओली र प्रचण्डलाई यस्तो प्रस्ताव राख्दै गर्दा बालुवाटारमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि उपस्थित थिए ।

कोरोनाको जोखिम बढेको भन्दै सचिवालयको बैठक स्थगित गरिएता पनि आइतबार दिउँसो बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा मुख्यमन्त्री पोखरेल, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत उपस्थित थिए ।

सो भेटमा सहभागी एक नेताले महासचिव पौडेलको मागलाई उद्दृत गर्दै जन न्युज नेपाल खबरसँग भने, ‘महासचिवज्यूले प्रदेश ५ को राजधानी बुटवलमै राखिनुपर्ने बताउँदै दाङमा राजधानी राख्ने निर्णय पुनर्विचार हुनुपर्ने माग गर्नुभयो । मुख्यमन्त्री पोखरेलले दाङमै राजधानी राखिने अडान राख्नुभयो । जनार्दनजीले पौडेल र पोखरेललाई सहमतिमा आउन आग्रह गर्नुभयो ।

महासचिव पौडेलले बुटवलमै राजधानी रहनुपर्ने माग राखे पनि अध्यक्षद्वय ओली र प्रचण्डले दाङमै राजधानी राख्न सहमित जनाइसकेका छन् । अध्यक्षद्वयले यसबारे सर्कुलर नै पठाइसकेको स्रोत बताउँछ ।

स्रोतका अनुसार सुरुमा मुख्यमन्त्री पोखरेलले राप्ती भ्यालीमा प्रदेशको राजधानी र लुम्बिनी नाम रहने गरी मान्यता प्रदान गर्न अध्यक्षलाई चिठी लेखेको र अध्यक्षद्वयले प्रदेशको राजधानी प्रदेशसभाले तोक्ने भन्दै राप्ती भ्याली र लुम्बिनीमा समर्थन रहेको सर्कुलर पठाएका थिए । सोहीअनुसार प्रदेश सरकारले निर्णय गरेर हाल यो प्रस्ताव प्रदेश सभामा पुगेको छ ।

नेकपा उच्च स्रोतका अनुसार नेकपाको ९ सदस्यीय सचिवालयमा बुटवललाई स्थायी राजधानी बनाइनुपर्ने मागमा महासचिव विष्णु पौडेल एक्लै परेका छन् । अध्यक्षद्वयसँगै वामदेव गौतम पनि दाङकै पक्षमा उभिएका छन् । बर्दिया र प्युठान दुबै जिल्लाबाट दाङ पायक पर्ने भएकाले गौतम दाङकै पक्षमा उभिएका हुन् ।

सचिवालयका बाँकी सदस्य रामबहादुर थापा बादल र ईश्वर पोखरेलले पनि साथ नदिएपछि बुटवललाई राजधानी बनाउने विषयमा सचिवालयभित्र महासचिव एक्लो बनेका हुन् ।आइतबार कोरोनाको जोखिम देखाएर सचिवालय बैठक स्थगित भएको थियो । तर, ९ सदस्यीय सचिवालयको बैठक रोकिए पनि ५ जना नेतावीच आइतबार बालुवाटारमै छलफल भयो ।

सचिवलायमा महासचिव पौडेल एक्लो पनि प्रदेशसभाका 

१४ जना नेकपा सांसदहरु

ले बुटवलमै प्रदेशको राजधानी रहनुपर्ने भन्दै असमहति जनाइसकेका छन् । त्यसैगरी नेकपाको रुपन्देही जिल्ला कमिटीले संस्थागतरुपमै निर्णय गरेर दाङमा राजधानी सार्ने प्रस्तावको विरोध गरेको छ । केही स्थानीय तहहरुले पनि बुटवलमै राजधानी हुनुपर्ने माग गरेका छन् ।आइतबार बालुवाटारमा भएको छलफलमा प्रदेश ५ को राजधानीबारे गर्मागर्मी बहस भएको स्रोतले जन न्युज नेपाल खबरलाई बतायो । नयाँ ठाउँमा राजधानी बनाउँदा भौतिक पूर्वाधारको अभाव हुने र अनावश्यक खर्च बढ्ने भन्दै पौडेलले फरकम मत व्यक्त गरेको एक नेताले जानकारी दिए ।

कोरोनाले रोकेन पाँच भाइको बैठक !

प्रधानमन्त्रीनिवास बालुवाटारमा कोरोना भाइरसको जोखिम उच्च रहेकै बेला आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल र जनार्दश शर्माबीच भेटवार्ता भएको हो ।राजदूत नियुक्ति र मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफल गर्न शनिबार बस्ने भनिएको सचिवालय बैठक तयारी नपुगेको भन्दै आइतबारलाई सारिएको थियो । तर, आइतबार कोरोनाको जोखिम देखाएर सचिवालय बैठक स्थगित भएको थियो । शनिबार प्रधानमन्त्रीका सल्लाहकारसहित ६७ जनालाई कोरोना पोजेटिभ देखिएको भन्दै ९ सदस्यीय सचिवालयको बैठक रोकिए पनि ५ जना नेताहरुवीच आइतबार बालुवाटारमै छलफल भयो ।

बालुवाटारको भेटपछि मुख्यमन्त्री पोखरेल आइतबारै बुटवल फर्किएका छन् । प्रदेश ५ मा राजधानी दाङ राख्ने कि बुटवल भन्ने विवाद चर्किइरहेको छ । दाङलाई राजधानी बनाउने विषयमा आफ्नै दलभित्रबाट विरोध हुनुका साथै नेपाली कांग्रेस आन्दोलनमा उत्रिएपछि मुख्यमन्त्री पोख्रेल हठात् काठमाडौं आएर बुटवल फर्केका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४