Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५ लाखको कपाली तमसुक बनाएर बलात्कारीलाई उन्मुक्ति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०७७
  • 10.2K
    SHARES

८ जना पञ्च पक्राउ

 जनकपुरधाम । सिराहामा ५ लाखको कपाली तमसुक बनाएर १६ बर्षीया किशोरीलाई बलात्कार गर्ने युवकलाई उन्मुक्ति दिइएको पाइएको छ ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुरका २० बर्षीय मुकेश साहले असोज १२ गते एक स्थानीयको घरमा १६ बर्षीया किशोरीको बलात्कार गरेका थिए ।

घटना थाहा पाएपछि अभियुक्तलाई उन्मुक्ति दिलाउन गाउँमै पञ्चायती बस्यो । पञ्चले अभियुक्तका आफन्त सिंहेश्वर साह र शत्रुधन साहसँग ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर जगवीर यादवको जिम्मा लगाएको खुलेको छ ।

सिंहेश्वर र शत्रुधनलाई ऋणी बनाएर तमसुक बनाइएको र तमसुकमा उल्लेखित रकम पीडित परिवारलाई दिने सहमति भएको खुलेको छ ।बलात्कार घटना लेनदेनमा मिलापत्र भएको सूचना पाएपछि प्रहरीले यस्तो पञ्चायतीमा संलग्न आठ जनासहित बलात्कारमा संलग्नको आरोप लागेका मुकेशलाई समेत पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले पञ्चायती गर्ने आठ जना पञ्चलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका–१ का ५२ बर्षीय सिंहेश्वर साह, २२ बर्षीय अरविन्दकुमार साह, ४५ बर्षीय शत्रुधन साह, ४७ बर्षीय राजकुमार साह, ४२ बर्षीय राम उदगार यादव, ६१ बर्षीय जगवीर यादव, ४८ बर्षीय राजकुमार यादव, ३५ बर्षीय रौदी भनिने श्यामसुन्दर यादव छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जन न्युज नेपाल खवरलाइ बताए   ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४