Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेताहरूलाई कोरोना संक्रमणपछि कांग्रेस पदाधिकारी बैठक स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०७७
  • 6.4K
    SHARES

नेपाली कांग्रेसका चार जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक अनिश्चित भएको छ। गत बिहीबार दिइएको स्वाबको रिपोर्ट शनिबार आउँदा चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको थियो। कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गर्न टेकुस्थित प्रयोगशालामा पठाएको थियो।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ कांग्रेसले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यको पिसिआर परीक्षण गराएको थियो। फागुनमा तोकिएको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न सकिन्छ कि कार्यतालिका हेरफेर गर्नुपर्छ? भन्ने एजेन्डालगायतमा छलफल गर्न केन्द्रीय समिति राखिएको हो।

तर नेताहरूमा कोरोना संक्रमण देखिएपछि सोमबार केन्द्रीय समिति बैठक बस्ने कि नबस्ने अनिश्चित छ। 

आइतबार बिहान ९ बजेका लागि बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक भने स्थगित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जन न्युज नेपाल खवरलाई बताए। कांग्रेसले शनिबार पार्टी कार्यालयमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यसँग छलफल गरेको थियो। 

पौडेललगायत उनी पक्षका २७ केन्द्रीय सदस्यले सभापति देउवाको कार्यशैलीविरूद्ध दर्ता गरेको विरोध पत्र र महाधिवेशनका विषयमा छलफल भए पनि कुनै सहमति भएको थिएन। शर्माका अनुसार भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गर्ने वा सञ्चालन गर्नेबारे आइतबार दिउँसोसम्म निर्णय हुनेछ।

केही केन्द्रीय सदस्यको पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४