आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
बेंग्लोरले शनिबार भएको खेलमा राजस्थान रोयल्समाथि ८ विकेटको फराकिलो अन्तरको जित निकाल्न सफल भयो।
शीर्ष स्थानको बेंग्लोरले चार खेलमा तीन जित सहित ६ अंक जोडेको छ।
राजस्थानले दिएको १५५ रनको लक्ष्य बेंग्लोरले २ विकेटको क्षतिमा ५ बल खेल्न बाँकी छदा पूरा गर्यो। बेंग्लोरको जितमा कप्तान विराट कोहलीले नटआउट ७२ रन जोडे। उनले ५३ बलमा ७ चौका र २ छक्का हिर्काए। एबी डिभिलियर्सले नटआउट १२ रन जोडे।
यस्तै ओपनर देवदुत पडिकलले पनि अर्धशतक पूरा गरे।जारी आइपिएलमा तेस्रो अर्धशतक हिर्काएका २० वर्षीय पडिकलले ४५ बलमा ६३ रन जोडे।आरोन फिन्च भने ८ रनमै आउट भएका थिए। त्यसअघि राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोड्यो। उसका लागि महिपाल लोमरोरले ४७ रन जोडे।
राहुल टेवाटियाले १२ बलमा नटआउट २४ रन र जोफ्रा आर्चरले १० बलमा नटआउट १६ रन जोडे।
बलिङमा बेंग्लोरका युजभेन्द्र चाहलले ३ विकेट लिए भने इसुरु उडनाले २ विकेट हात पारे।