Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुष्प–धिरेन्द्र बहुप्राविधिक शिक्षालय दमकमा खुल्यो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १७ २०७७
  • 7.6K
    SHARES

झापा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले पूर्वी नेपालको दमक नगरपालिकामा पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानलाई गैरनाफामुलक बहुप्राविधिक शिक्षालय खोल्न अनुमति दिएको छ ।

पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान तत्कालीन नेकपा (माओवादी)द्वारा सन्चालित दस वर्षे जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका झापा दमकका सहोदर दाजुभाइ पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेतको नाममा स्थापित संस्था हो ।

सिटिइभिटीले दमक नगरपालिका वडा नं. १ मा यसै वर्षदेखि प्रतिष्ठानलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ जना र डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा४८ जनाको कोटासहितको भर्ना अनुमति दिएको पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले जानकारी दिए ।

यसै शैक्षिकसत्रवाट पठनपाठन शुरु हुने ३ वर्षे डिप्लोमा तहमा भर्नाका लागि सिटिइभिटीले आउँदो असोज २६ गतेसम्म म्याद थप गरेको छ । दमक बजारको वडा नं. १ स्थित आदिकवि भानुभक्त चोकदेखि उत्तरतर्फ जाने सडकलाई प्रदेश नं. १ सरकार र दमक नगरपालिकाले पुष्प–धिरेन्द्र मार्ग नामाकरणसमेत गरेका छन् ।

दमक–१ निवासी २६ वर्षीय पुष्पराज बस्नेत र २० वर्षीय धिरेन्द्र बस्नेत वि.सं. २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएका थिए । उनीहरु दुवै जना स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माहिला र कान्छा छोरा हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४