काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जबरजस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–२ का २७ वर्षीय ज्ञान सिंह राना र पुनर्वास नगरपालिका–३ का ३७ वर्षीय जोगी धामी रहेका छन् ।जबरजस्ती करणी मुद्दामा २०५९ साल जेठ २५ गतेदेखि फरार रहेका राना र २०७३ साउन २३ गतेदेखि फरार धामीलाई बुधबार पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले जानकारी दिए ।
आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थापाले बताए । पक्राउ गरि जिल्ला अदालत कञ्चनपुर दाखिला गरिएकोमा पुर्पक्षको लागि कारागार चलान भएको डीएसपी थापा बताउँछन् । फरार रहेका प्रतिवादीहरु लकडाउनको बखत आफ्नो गाँउघरमा फर्की लुकीछिपी बस्न सक्ने हुनाले तीब्र रुपमा सूचना संकलन गरि पक्राउ गर्ने कार्यलाई कडाईका साथ तिब्रता दिइएको प्रहरीले जानकारी दिएको छ ।
