Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२४ घण्टाभित्र शुल्क समायोजन नगरे ८ ल्याबको स्वीकृति खारेज गर्ने निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १४ २०७७
  • 3K
    SHARES

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । मूल्य समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने मन्त्रालयको निर्णय छ ।

सरकारले भदौ २८ बाट आरटी-पीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको छ । तर स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्रापि्रड डायगनोस्टिकले संयुक्त रुपमा ३८९९ रुपयाँ शूल्क तोकेका छन् ।

ल्याबहरुको अनुगमन गरेको गुणस्तर मापन तथा नियमन महाशाखाले तोकिएभन्दा बढी शुल्क लिइएको प्रतिवेदनमा बुझाएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले बढी शुल्क दिने ल्याबहरुलाई सचेत गराउन र २४ घण्टाभित्र शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

साथै कोलोबजारीमा कारबाही गरेर ल्याब बन्द गराउन गृह मन्त्रालय र बाणिज्य विभागलाई आग्रह समेत गरेको छ । बैठकले गाइडलाइन विपरित परीक्षण नगर्न समेत सबै ल्याबहलाई आग्रह गरेको प्रवक्ता डा. गौतमले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४