काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार छापावाला सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८ सय ६० डलर हाराहारीमा कारोबार भइरहेको छ । आज नेपाली बजार सुनचाँदीको मूल्य स्थिर देखिएको महासंघले जनाएको छ