Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल कृषि प्रधान देश भएता पनि कृषकलाइ खेति गर्ने उचित बाताबरण नहुदा तरकारीको चरम अभाब ।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १२ २०७७
  • 9.3K
    SHARES

नेपाल कृषि प्रधान देश भएता पनि कृर्षकहरुले भने कहिले कृषि उपजका सामान पाएका छैनन् । कहिले समयमा बिउ पाउदैन कहिले मल यी विभिन्न समस्याले गर्दा किसान मारमा पर्ने गरेका छन् । भने कृषि व्यवसाय गर्नेहरुका लागी पनि अनुकुल बातावरण नहुदा नेपाल कृषि प्रधान देश नाम मात्रमा सिमित भएको छ । कृर्षकहरुलाई कृषि क्षेत्रमामा प्रोत्साहन गर्ने भन्दै सरकारले हरेक वर्ष विभिन्न योजना ल्याउने गरेको भएता पनि किसानले भने मल विउको लागी हरेक वर्ष दुस्ख खोप्नु परेको छ । भने अर्का तर्फ वर्षातको समयमा हुने बाढी पहिरो तथा बाटोको अवरोधका कारण उत्पादनमा कमी हुने र उत्पादन भएका वस्तु पनि बजारसम्म आइपुग्न नसक्दा मूल्यवृद्धि हुने गरेको हुदा उपभोक्ताहरुले महंगो तरकारी खानु परेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

उनी भन्छन मूल्यवृद्धि यसपटक मात्र भएको होइन, बेलाबेलामा हुने गरेकै हो । बर्षातको मौसमा गत वर्षहरुमा पनि यस्तै हुन्थ्यो यस पटक त झन कोरोना महामारीका कारण लक डाउनले गर्दा भारतीय बजारबाट समेत यो समय फलफूल तथा तरकारी भित्रिन सकेको छैन । जसले गर्दा बजारमा आपूर्ति नै कमी हुन गई मूल्यवृद्धि हुन पुगेको श्रेष्ठको भनाइ रहेको छ।

अहिले कृषकको बारीमा उत्पादन नै छैन । उत्पादन भएका पनि अविरल वर्षातका कारण बजारसम्म आइपुग्नै पाएका छैनन् । भीषण बर्षातसँगै ठाउँठाउँमा गएको बाढीपहिरोका कारण बाटोहरु अवरुद्ध भएका छन् । जसले गर्दा फलफूल तथा तरकारीको ढुवानी हुन नसक्दा तरकारीको मृल्यमा वृद्धि भएको भएता पनि सरोकारवाला पक्षले पनि सहकार्य गर्न नसक्दा व्यबसायीहरुलाई मात्र दोष लगाएर उम्कने बाटो भएको तरकारी तथा फलफुल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गिता प्रसाद अचार्यको भनाइ रहेको छ ।

तरकारी हरेक भान्साका लागी आवश्यक वस्तु भएकाले यसको सजह र सहुलियत ढंगले उपभोक्ता समक्ष आपुर्ति गर्नका लागी कृषि क्षेत्रमा किसानलाई मल ,विउ लगायत उत्पाउन बढाउन सहज वातावरण हुन आवश्यक पर्दछ । यद्यपी सरकारले कृषि क्षेत्रका लागी भन्दै प्रधानमन्त्री कृषि योजना लागु गरेको भएता पनि किसानका लागि भने अझै मल विउकै मारमा कहिले सम्म भन्ने प्रश्न जिवितै भएको हुदा सबै सरोकारवाला पक्षले अब त सहकार्य गर्न आवश्यक छ कि जन आवाज टेलिभिजन रिपोटर सावित्री जोशी , काठमाडौ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४