शत्रु गुन्जा
बिगत केही बर्ष भयो म दुवई आएको यस अघि कतार अनि साउदी अरब सम्म मैले केही बुझेको छु केही देखेको छु । तर यो देश अलिक फरक पाए मैले नेपाली नारीहरुको निम्ति, भनिन्छ ।
एक नारीले गर्दा अनेक नारीको इज्जत माथि दाग लाग्ने साथै ओैला उठ्ने काम गर्छ । तर मैले त हरेक दिन एक मात्र हैन अन्य रुप पनि देख्ने गरेको छु ,। नेपाली नारीको यो हर्कतले अनेकोै देशका मानिसले हामी नेपालीलाई नै भन्ने गर्छन। तब त्यत्ति बेला सारै नै नरमाइलो महसुस हुने गर्छ,। चुप सहनु बाहेक केहि रहदैन हामी सङ्ग अनि शिर नै निहुराउनु पर्ने हुन्छ ।
हामिले नै ,नेपाली नारीको लागि यत्ति धेरै हक अधिकार र सुरक्षाको निम्ति बहस चलिरहदा अनि आखै अगाडि यस्ता कार्य भैरहेको देख्दा त्यो हक अधिकार बस् देखावटिको निमित्त हो कि जस्तो लाग्छ, हुन त राम्रै गरेर बस्ने नारी (महिला) हरुको पनि कुनै कमि भने छैन तर खै किन हो यसरी आखै अगाडि नेपाली चेलीले आफ्नो इज्जत लिलामीमा राख्नु भनेको गलत नै होकी मेरो सोचाई चाहि गलत हो ।
पैसा नै सबैथोक भने हैन अनि पैसा नै जिन्दगी पनि हैन तर पैसा बिना केहि पनि छैन यो पनि सत्य हो । तर किन किन यसरी देखिरहदा अनि झन् नेपाली भनि भनिरहनु पर्दा झनै मन कुडिएर आउछ। सोचमग्न हुन्छु म आफै यत्ति धेरै नारीहरुले आफुलाई समाल्न नसकेको देख्दा , प्रदेश आउदा धेरै सपना बोकेर आउने गर्छन ।अनि धेरैको सपना बाधेर आउने गर्छन तर ती सपनाहरुलाई शरिरको बाटो बनाउनु यो साच्चै नै निन्दनीय कुरा हो,।
तर यो पैसाको मोहले जब शरिर भित्र प्रवेस गर्छ तब न आफु न बाबू आमा न छोरा छोरी न श्रीमान केही नभन्ने रहेछ । हो यस्तै यस्तै देख्नु परेको छ त्यहीँ पनि आखा अगाडि सम्झाउन पनि नसकिने केही बोल्यो भने मेरो जिन्दगी तलाई के मतलव यहि नै हो जवाफ , हरेक नेपाली नारीको नाम पाकिस्तानी,बङ्गालि या त इन्डियन सङ्ग जोडिएको पाईन्छ हुन पनि यो कुरा केही केही त सत्य नै हो,।
केहि दिन अगाडिको कुरा हो हाम्रो डिउटि जाने समय भएकोले हामि गाडि कुर्दै दुई/चार जना बाहिर बसिरहेको थियोै। हाम्रो नजिकै एक ट्याक्सि उभिएको थियो। केही समय पञ्चात एक बङ्गालि केटो आयो एक झोला बोकेर अनि ट्याक्सि भित्र पस्यो तर ट्यक्सि गएन त्यसको केही मिनट पछि नेपाली केटि मुख छोप्दै ट्याक्सि भित्र पसि अनि केटालाई अङ्गालि म यो दृष्यलाई नियालिरहेको थिए मन मनै सोचे थुक्क तेरो जिन्दगी उसलाई थुक्नुमा त्यो बङ्गालि सङ्ग हिडेकोले हैन त्यो नारीको सिउदोमा सिन्दुर र गलामा पोते झुण्डिएको थियो । त्यस्तै एकतिस बत्तिस बर्षको उमेरको हुनु पर्छ तर केटो भने बीस बाईस बर्षको थियो ।,
हामी बसेको ठाउँ वरिपरि तीन ठुला घर छन् एक अलि पर अनि एक हामी सङ्गै जोडिएको छ हाम्रो नजिकै जङ्गल भनोै झाडिहरु धेरै छन् अनि त्यहाँ नेपाली महिलाहरु लगभग चालिस पचास जनाको हाराहारिमा बस्ने गर्छन् म डिउटी आउदा बिहान र जादा बेलुका हुन्छ मैले धेरै देखेको छु ती महिलाहरुलाई त्यो समय झाडिमा कुनै अरु देशको व्यक्तिसङ्ग हासेर टासिएर मस्किदै गरेको, अनि अरु कसैले पनि यो दृष्यलाई नियालिरहेका हुन्छन् , इज्जत त के नै रह्यो र उनिहरुको त छैन तर राम्रो काम गरेर बसेकाहरुको पनि यो नाम जोडिने गर्छ।
मान्छेको ,जिन्दगीमा रिण सबैलाइ लाग्ने गर्दछ जब प्रदेश प्रवेश गरिन्छ नेपालीको सेलरी नै कत्ति हुन्छ र घर-परिवार रिण सबै तर्फ हेर्नै पर्छ आएको केही महिना नबित्दै गला भरि टलक्क टल्किने पहेला पहेला सिक्रिले स्थान पाउछ हातमा चुरा र ओैलाका ओैठिले सजिएर धपक्क बलेकी ती नारीको हातमा तीन महिनाको सेलरीले किन्ने मोबाईल झुण्डिरहेको हुन्छ ।
सायद त्यो कसरी प्राप्त हुन्छ यो त उनिहरुलाई नै थाहा होला तर आखैले देखिरहेको कुरालाई मात्र म बयान गर्दैछु, आफ्नो ठाउँमा रहेर घर परिवार र आफु समालिने नारीको पनि कमि भने छैन जस्ले आफुलाई आफ्नो ठाउँमा राख्न सफल भएका छन्,।
म कसै प्रति दोष लगाउन चाहान्न जिन्दगी त आ-आफ्नै हो तर निर्दोषलाई पनि लागिरहेको लाल्छना बिरुद्द बोल्न बाध्य भए , किन बाटोलाई अलग बनाउछन् मान्छे किन आफ्नो समस्यालाई शरिरमा बदल्छन मान्छे हुन त यस्तो गतिबिधि नेपालमै पनि जत्ताततै छ कुनै निकाय छैन जस्ले यो गतिविधिलाई रोक्न सकोस् ,। थोरै पैसाको लोभमा लालचमा लागेर आफ्नो शरिर सुम्पिएर भोलिको दिनमा यै नेपालीलाई गुहार माग्दा अत्ति नै दु:ख लाग्छ।
अह बाटोमा हिड्दा पनि नेपालीले नेपालीलाई चिन्दैनन् नेपाली हो भन्दा हिन्दी भाषामा जवाफ दिने गर्छन के एक नेपालीले अर्को नेपालीलाई चिन्दैन होला हाउ-भाउ र उसको आचरणबाट नै थाहा हुन्छ । कि उ एक नेपाली हो भनेर ,केही समय अघिको कुरा हो आबुदाबि घुम्न जादा मस्त चोैरमा एक नेपाली नारी पाकिस्तानिको काखमा लम्पसार परेर सुतेर गफ गरिरहेको थिई लुगा त्यस्तै थियो। आफुलाई कुईरेनिको छोरी झै सम्झेर लटपटि रहेकी थिई ।
तर उसलाई यो थाहा छैन कि उसलाई हेर्ने कत्ति मानिसले उसलाई थुकिरहेका छन् । भन्ने के भोलि त्यो पाकिस्तानिले लैजाला बिहे गरेर अह कदापि लादैन तर भोलि उद्दार गर्नु पर्यो भन्दै रबि लामिछाने सरको कार्यक्रममा गुहार माग्ने गर्छन । हो त्यहीँ नारी छि घिन लाग्छ नेपाली नारि भन्न पनि,यहाँ अरु कसैको बच्चा बोकी सके पछि जब त्यो केटाले स्विकार्दैन तब उसको र उसको शरिरको बोली लाग्ने गर्छ। जस्ले बिहे गर्छ यत्ति पैसा उत्ति पैसा भन्दै समचार सुनिन थाल्छ कत्ति सम्म गिरिरहेका छन् । यो प्रदेशमा हाम्रा चेलीहरु आफुलाई सुहाउदो के छ । त्यहीँ गर्न सकिँदैन र जब बजार निस्किनु पर्छ सेलरी आएको पहिलो शुक्रबार बजार भरी अनेकोै रङ्गिन महिलाहरु भेटिन्छ।
उनिहरुको हाउभाउ देखेर लाग्छ कि उनिहरुको सेलरी यस्तै पाँच सात हजार हुनु पर्छ तर यो सबै भ्रम हो किन आफुलाई नङ्गाएको के आफुलाई त्यसरी नग्याउदा के पाउछोै तिमिहरुले ,उदाङ्गो चाहनालाई मनमा सजाउनु बस् केही समय पछि पञ्चताव गर्नु हो .
लेखकः युएईमा कार्यरत छन् ।