निजामति कर्मचारी युनियनको निर्वाचन रोक्नु दुःखद !
जन न्युज नेपाल खवर नमुना दहाल कार्की
निजामति कर्मचारी युनियनको निर्वाचन सार्नु नैसर्गिक अधिकारको कुरामा हस्तक्षेप भएको हुदा तोकिएकै समयमा निर्वाचन गर्न नेपाली काँग्रेस श्रमिक तथा ट्रेड युनियन विभागका माग बुधबारको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २४ गतेका लागि तय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव आगामी मंसिर २७ गतेसम्म स्थगित गर्ने निर्णय गरेपछि नेपाली काँग्रेस श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शिव प्रसाद हुमागाँईले विज्ञप्ति जारी गदै निजामति कर्मचारी युनियनको निर्वाचन रोक्नु दुःखद भएको जनाएका छन् ।
संविधानको धारा १७ बमोजिम संघ–संस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामुहिक सौदावाजी गर्न पाउने नैसर्गिक अधिकारको कुरामा हस्तक्षेप मात्र नभई विधानले दिएको मौलिक हकको हनन् गरेको हुमागाँईको भनाइ रहेको छ सरकारले निजामति कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन पटक–पटक सार्ने कार्य गरी लोकतन्त्रमाथि नै क्रमशः प्रहार गर्ने दुष्प्रयास गरेको काँग्रेसले आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ, नेपाली काँग्रेस कुनै पनि वर्ग र समुदायको लोकतान्त्रिक अधिकारमाथि हुने अतिक्रमणको भत्र्सना गर्दछ । निर्वाचनको घोषणा गरेर अन्तिम तयारी भइसकेको अवस्थामा विभिन्न वाहनावाजी गरी आफू अनुकूल परिणाम नआउने हुदा कुनै पनि विधि विधानलाई लत्याई पेशागत सम्मान, मौलिक हक र युनियन अधिकारमाथि अंकुश शासन लगाउने काम भएका हुदा निजामती कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न गराउन काँग्रेसले विज्ञप्ति निकाल्दै माग गरेको छ ।

