साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
जन प्रहार
प्रकाशित मिति
बिहिबार, असोज ८ २०७७
4.7K
SHARES
साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र बैठकमा नियमित विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।यसैबीच प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको र भेटमा सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयन गर्नेबारे छलफल भएको बताइएको छ ।मंगलबार बसेको सचिवालय बैठकले १० दिनभित्र सांगठनिक एकताको प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको हो । मन्त्रिपरिषद् पुनर्गठनबारे समेत छलफल हुन सक्ने र स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेकाले दुई अध्यक्षले छलफल गरेर अघि बढ्ने जनाएको छ ।