देशमा सरकार नै नभएको अनुभुति शिब श्रेष्ठ
जन न्युज नेपाल खवर प्रतिनिधि नमुना दहाल कार्की
विश्व अहिले कोरोना महामारी कोभिड १९ले गर्दा शिथिल छ । विश्वका कयौ शक्तिशाली राष्ट्रले नराम्रो संग यसको मारलाई खेप्नु परेको छ । नेपालमा पनि दिनप्रति दिन कोरोना संक्रमणको दरमा वृद्धि भइरहेको छ । वर्तमान सकसपूर्ण परिस्थितिमा कतिजना नागरिकको घरमा चुल्हो बल्न छोडेको छ त्यो प्रति राज्यको ध्यान जान नसकेको र सबै राजनितिकदलहरु पार्टी मोहोमा हराएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम रामेछाप काठमाडौ सम्पर्क समितका पुर्व अध्यक्ष शिव श्रेष्ठले बताए
उनले कतिपय नेपालीको रोजगार गुमेको बेला सरकार छ है भन्ने अनुभृति गराउनु भन्दा पनि जनताको सरकार हुदा नेपालीले भोको पेट बाटोमा खान देउ भन्दै माग्नु आफैमा दु:खद घडि भएकाले यस तर्फ सबै राजनितिकदलहरुले मिलेर नागरिकलाई सरकार छ है भन्ने अनुभृति गराउन आवश्यक भएको श्रेष्ठले जिकिर गरेका छन्
अहिले हरेक क्षेत्रमा राजनीतिकरण देख्न सकिन्छ । यद्यपी यस्तो बेला सत्तामा मात्र भएको पार्टीले नागरिक प्रतिको दायित्व बहन गर्ने नभई सबै राजनीतिकदलहरुले अबिभाबकत्व निर्वाह गर्न आवश्यक छ ।
जन आवाज टेलिभिजन रिपोटर नमुना दाहाल कार्की काठमाडौ ।