Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषालु पत्र पठाउने महिला पक्राउ, एजेन्सी ।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०७७
  • 3.2K
    SHARES

अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषालु पत्र पठाउने महिला पक्राउ, एजेन्सी ।
न्यूयोर्क पोष्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषालु पदार्थ मिसिएको पत्र ह्वाइट हाउसमा पठाउने व्यक्तिको पहिचान भएको र उनी एक गैरकानूनी क्यानेडियन आप्रवासी रहेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । ऋाशंका गरिएकी महिलालाई क्यूबेककी ५३ वर्षीया पास्कल फेरियरद रहेको र उनलाई न्यूयोर्क नजिकैबाट पक्राउ गरेको छ । जसलाई सन् २०१९ को मार्चमा टेक्ससमा भिसाको समयावधि सकिएकी उनलाई नक्कली लाइसेन्स लिएर गाडी चलाइरहेको बेलामा पक्राउ गरेर हिरासतमा लिइएको थियो । उनी २० दिन जेल बसेर पछि निर्दोष साबित भई निस्किएकी उनलाई क्यानडा निष्काशन गरिएको थियो । टेक्सासका आप्रवासन अधिकारीहरुलाई पनि यस्तै खाले पत्र पठाएको दाबी गरेको भएता पनि उनको अन्तिम निशाना राष्ट्रपति ट्रम्प नै रहेको जनाएको छ । यस्तै खाले ६ वटा पत्र पठाइएकामा ५ वटा टेक्सास र एउटा ह्वाइट हाउस पठाइएको जनाइएको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाइएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको थियो ।ह्वाइट हाउस जाने सबै पत्र अनुगमन र निरीक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको र उक्त पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थियो । अमेरिकी संघीय जाँच ब्युरो (एफबिआई) र सेक्रेट सर्भिसको प्रारम्भिक छानविनमै उक्त पत्र क्यानडाबाट पठाइएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४