Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाघको छाला सालकको खपेटा आखेटोपहारसहित एक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ७ २०७७
  • 2.8K
    SHARES

जन न्युज नेपाल खवर प्रतिनिधि

कास्की प्रहरी कार्यालयले बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित एक  जनालाई पक्राउ गरेको छ।

मंगलबार साँझ साढे ६ बजे वन्यतन्तुको अवैध ओसारपोसार तथा कारोबार गरेको आरोपमा प्रहरीले धादिङ गल्छी गाउँपालिका- ४ बस्ने २८ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले अन्य ठाँउबाट आएर कास्कीमा वन्यजन्तुको अवैध ओसारपसार तथा कारोबार हुँदैछ भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा जिल्ला र ईलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरीको टोली खटिएको थियो।

प्रहरीले पोखरा महानगरपालिका-३१ शिसुवाबाट वनपोखरीतर्फ जाँदै गरेको प्रदेश नं. ३-०२-०११ प ७८०६ नम्बरको मोटरसाइकललाई रोकेको थियो।चालक लामिछानेले बोकेको जेब्रा झोलामा हेर्दा प्रहरीले एक बाघको छाला, एक सालकको खपेटा, तीन किलो ७ सय ५० बराबरको वन्यजन्तुको हाड, खुट्टा तथा पन्जा समेत बरामद गरेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। साथै आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय, कास्कीमा पठाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४