हुम्लामा सीमा अतिक्रमण बन्द भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन !
जन न्युज नेपाल खवर प्रतिनिधि
हुम्लामा सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि आज प्रदर्शन गरेका छन् ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले हुम्लाको नाम्खा गाउँपालिका(६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले जनाएका छन् । प्रदर्शनकारी युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् ।