Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तातोमा पनि बाँच्ने, टुक्रा पार्दा आफैं जोडिने ज्याद्रो कोरोना भाइरस


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ७ २०७७
  • 5.5K
    SHARES

जन न्युज नेपाल खवर प्रतिनिधि

एजेन्सी / हंगेरीमा भएको एउटा अध्ययनले कोरोना भाइरसले धेरै ताप सहन सक्ने देखाएको छ। साथै यसले आफूमा भएको क्षति आफैं निको पार्न सक्ने र आजसम्मै सम्भवतः सबभन्दा ज्याद्रो भाइरसका रूपमा देखिएको अध्येताहरूले बताएका छन्।अध्ययन टोलीले कोरोना भाइरसलाई धेरै मसिनो सुइले घोचेर हेरेको थियो। उनीहरूले यो बेलुनजस्तो फ्याट्ट फुट्ला भन्ने आशा गरेका थिए। तर फुटेन। उनीहरूले परीक्षणमा ८० नानोमिटरको सग्लो कोरोना भाइरस प्रयोग गरेका थिए। यसलाई घोच्ने सुइको टुप्पा त्योभन्दा निकै पातलो  थियो। सुइले भाइरसको माथिबाट झन्डै सतहसम्मै घोचेपछि यो छताछुल्ल भयो। तर अचम्म, सुइ हटाएको केहीबेरमै यो आफैं एकत्रित भयो र पहिलेकै अवस्थामा फर्किएर एकै डल्लो भयो।अध्येताहरूले झन्डै सय पटकसम्म यसै गरे। जति पटक घोचे पनि छताछुल्ल भएको भाइरस फेरि आफैं संगठित हुन्थ्यो। सग्लो एक ढिक्का भएर आफ्नो स्वरूपमै फर्किन्थ्यो।

यो अचम्मै ज्याद्रो छ, हंगेरीको राजधानी बुडापेस्टस्थित सेमेलवेइस विश्वविद्यालयका डा। मिक्लोस केलरमेयरको नेतृत्वमा खटिएको टोलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। विज्ञहरूको आन्तरिक परीक्षण नभइसकेको यो प्रतिवेदन बिहीबार बायोर्कसिभ डट ओआरजी बेवसाइटमा प्रकाशन गरिएको हो आफ्नो अद्भूत बनावटका कारण कोरोना भाइरसले वैज्ञानिकहरूलाई एकपछि अर्को चित ख्वाइरहेको छ।

बेइजिङमा पनि सिंघुवा विश्वविद्यालयको टोलीले यो भाइरसको अहिलेसम्मकै विस्तृत संरचनात्मक पुनर्निर्माण स्वरूपको अध्ययन गरेका थिए। यसबारे यसै साता जारी भएको सेलु नामक जर्नलमा उल्लेखित छ। त्यसबाट पत्तालागे अनुसार यो भाइरसले ठूलो मात्रामा न्यूक्लिक एसिड रिबनु को थुप्रो लगाउन सक्छ। यो थुप्रोमा भाइरसले असाध्यै मजबुत तवरले अनुवांशिक तथ्यांक बोकेर राखेको हुन्छ। यी दुवै एकअर्कासँग नजेलिइकन अलग्गै बसेर पनि कसिलो बन्न सक्छन्। यहाँनिर प्रष्ट पार्नु जरुरी छ, यो र यसअघिका सबैजसो अध्ययन र परीक्षणका लागि कोरोना भाइरसको स्थिर र स्पष्ट तस्बिर क्यामराले खिच्न भनेर भाइरसलाई जम्नेगरी न्यून तापक्रममा लगिएको थियो।

भाइरस जीवितै रहँदा यसले के कस्तो चालचलन देखाउँछ भन्ने गतिविधि खिच्न बुडापेस्टस्थित सेमेलवेइस विश्वविद्यालयका डा। मिक्लोस केलरमेयरको टोली सफल भएको थियो। उनीहरूले संक्रमित कणलाई जैविक ढंगले लेपन गरिएको किस्तीमा राखेर परीक्षण गरेका थिए। किस्तीको यस्तो सतहले भाइरसलाई दुरूस्त रहन सघाउँछ। त्यसपछि पारमाणविक शक्तियुक्त विशेष प्रकारको माइक्रोस्कोपमा राखेर वैज्ञानिकहरूले भाइरसलाई सुइको मद्दतले कोट्याइ कोट्याइ विभिन्न किसिमले छेडछाड गरे। यसले कस्तो(कस्तो प्रतिक्रिया जनाउँदो रहेछ भनी अवलोकन गरेका थिए।

प्रायः भाइरसहरू आफूलाई ग्रहण गर्ने शरीर छाडेपछि विक्षिप्त अवस्थामा पुग्छन्। तर, धेरै अध्ययनले कोरोना भाइरस यस्तो नहुने देखाएको छ। यो हाम्रा वरपरका सतह वा खापाहरूमा केही दिनसम्मै बाँचिरहन सक्ने देखिएको छ। यसरी वातावरणीय प्रतिकूलताका बावजुद यो कसरी बाँचिरहन सक्छ भन्ने अहिलेसम्म पत्तो लाग्न सकिरहेको छैन। हंगेरीको समूहले यो भाइरसले भेला पार्ने अनुवांशिक तथ्यांकको पोको त पत्ता लगाए। तर सुइको टुप्पोले भाइरसलाई पिँधसम्मै थिच्दा त्यो पोकोबाट असाध्यै कम प्रतिरोध देखिन्थ्यो। त्यो सुइले अझ बेस्सरी थिचेपछि उक्त प्रतिरोधी शक्ति चरममा पुग्यो र अचानक त्यो अस्तित्वहीन बन्थ्यो।

उनीहरूको प्रयोगका यी तथ्यांकले कोरोना भाइरसलाई भौतिक रूपले आजसम्मै भेटिएकामध्ये सबभन्दा ज्याद्रो भाइरस साबित गरेको थियो। त्यसैगरी बारम्बार यसलाई छिन्नभिन्न पार्दा पनि यसको सम्पूर्ण संरचनादेखि लिएर भित्रका गुणमा समेत छिसिक्क असर परिरहेको थिएन।यसको संरचना ज्याद्रो छ। कुनै पनि क्षतिको तत्काल आफैंले निवारण गर्न सक्ने क्षमता छ। यही कारण सम्भवतः यो अत्यन्त फरक(फरक वातावरणमा पनि बाँच्न सक्ने हिसाबले शक्तिशाली छ, केलरकमेयर र उनका साथीले निष्कर्ष निकालेका छन्। चिनियाँ वैज्ञानिकहरूले कोरोना भाइरसको सतहमा २६ वटा स्पाइक प्रोटिनु भएको फेला पारेका थिए। यही चुच्चा प्रोटिनहरू भाइरस ग्रहण गर्ने शरीरको कोषसँग मिसिन्थे।उता यसै विषयमा अध्ययन गर्ने बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धाताले भने कोरोनामा यस्तो प्रोटिनका चुच्चा २४ वटा मात्र पाए। जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युटका अध्येताको अध्ययनमा भने ४० वटा देखियो।

अहिले हंगेरीका डा। केलरमेयरले आफ्नो अध्ययनमा प्रोटिनका ६१ वटा चुच्चा भेटिएको बताइरहेका छन्। यो सबले भाइरसको संरचनालाई लिएर जे जस्तो अनुमान गरिएको छ, त्योभन्दा अत्यन्त बढी विविधता हुन सक्ने संकेत गरिरहेको उनीहरू बताउँछन्। उनीहरूले सुइको टुप्पाले प्रोटिनका चुच्चा कोट्याउँदा ती अत्यन्त उच्च तरंगका साथ तीव्र गतिमा हल्लिरहेका थिए। माइक्रोस्कोपमा जडित पारमाणविक क्यामराले एक सेकेन्डमै तीन सयभन्दा बढी फोटो खिच्न सक्थ्यो। तै पनि त्यसले खिचेका तस्बिरमा ती चुच्चाहरू हल्लिएको दृश्य मात्र कैद भएको पाइयो। अध्येताहरूका अनुसार यी प्रोटिन स्पाइकको यस्तो तीव्र चालले पनि भाइरसलाई मानिसको कोष अझ सजिलै फेला पार्न मद्दत मिलिरहेको हुन सक्छ।

त्यस्तै केही अध्ययनले यो भाइरसले उच्च ताप पनि सहन सक्ने देखाएका छन्। सुरूआती समयमा गर्मी यामका बेला कोरोना भाइरसको प्रकोप धेरै मात्रामा नियन्त्रित हुने अनुमान थियो। पछिल्लो समय धेरै देशमा गर्मीयाम चल्यो। गर्मीका बाबजुद त्यहाँ जुन तवरले भाइरसको तीव्र संक्रमण देखियो, त्यसबाट पनि यो भाइरसलाई बढी तापक्रमले खास फरक नपार्ने देखिइसकेको छ। यसको विस्तारमा तापक्रमले नियन्त्रण गर्न नसक्ने लगभग पुष्टि भएको छ। गत अप्रिलमा फ्रान्सेली वैज्ञानिकको एउटा अध्ययनले कोरोना भाइरस ६० डिग्री तापक्रममा एक घन्टासम्म रहेमा त्यसले जनावरको कोषमा पनि आफूलाई विस्तार गर्न सक्ने पत्ता लगाएको थियो।

हंगेरीमा भएको अध्ययनका बेला केलरमेयर र उनका सहकर्मीले भाइरसलाई दस मिनेटसम्म ९० डिग्री तापक्रममा तताएर पनि हेरे। त्यति गर्दा पनि भाइरसमा खासै ठूलो प्रभाव परेको देखिएन। तताएका बेला भाइरसको आधारभूत स्वरूपमा थोरै मात्र परिवर्तन आएको उनीहरू बताउँछन्। असाध्यै धेरै तातो भएपछि केही प्रोटिन स्पाइक निस्केको त देखियो। तर भाइरसको सिंगो संरचनामा रत्तिभर फरक पाइएन प्रतिवेदनमा लेखिएको छ,कोरोना भाइरस तापमानको उच्च दरमा पनि सहज भइरहेको छ। यही कारण सम्भवतः वायु वा सतहमा उसलाई अनुकूल भएको हामीले बुझिरहेका,छौं।

(साउथ चाइना मर्निङ पोस्टका लागि बेइजिङबाट स्टेफेन चेनले लेखेको लेखको भावानुवाद)

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४