सामाजिक अभियान्ता शिव श्रेष्ठद्वारा पिनखुरी गोगनपानी वेसिक स्कुललाइ स्वास्थ्य सामग्री सहयोग :-
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ
सामाजिक अभियान्ता तथा नेपाली कांग्रेस रामेछाप महाधिवेशन प्रतिनिधि शिव श्रेष्ठ जो आफुलाई राजनितिक कर्मी भन्दा पनि सामाजिक अभियान्ता भन्ने रुचाउने र सामाजिक हरेक क्षेत्रमा दुख परेका नागरिकका दु:खलाई अलिकति भए पनि राहत मिलोस् भनेर हरेक समाजिक क्षेत्रमा सक्रिय श्रेष्ठले कोरोना भाइरसको जोखिमका बेला पनि धेरै ठाउंमा राहत् वितरण गर्नु भएको छ ।
यहि मंगलबार मात्र पिनखुरी गोगनपानी वेसिक स्कुलका विद्यार्थी र शिक्षकको स्वस्थ्य अवस्थालाई ध्यानमा राख्दै मास्क , सेनिटाइजर र साबुन प्रध्यापक ईश्वर बाबुको हातमा हस्तारण गर्नुभएको छ । श्रेष्ठ भन्नु हुन्छ हुन त यो मेरो सानो सहयोग हो तर विद्यार्थी र शिक्षकले देशको आजको मात्र भविष्य कोर्ने नभई भोली देशको भविष्य कोर्ने कस्तो हुन्छ भन्ने निर्धारण गर्ने भएकाले यो विपतको बेला विद्यार्थी र शिक्षकको स्वस्थ्य एकदमै महत्वपुर्ण रहेको हुदा सहयोग गरेको बताउनु भयो ।
विश्वभरी फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रन्त बनेको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले सामाजिक दूरीको मापदण्ड बनाएर एक व्यक्तिबाट अर्को व्यक्तिको दूरी कम्तिमा पनि एक मिटर हुनुपर्ने मास्क र सेनिटाइजर लगाएर मात्र निस्कन सुझाव दिएको हुदा सबैले पलना गर्नुपर्ने श्रेष्ठ बताउनु हुन्छ । श्रेष्ठ भन्नु हुन्छ,आफै सचेत हुन् र सामाजिक दुरी कायम गर्न जिमेवार नागरिकको भूमिका निभाउन जरुरी छ ।