सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्न पार्टी अध्यक्ष र महासचिवलाई १० दिन
आज बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । नेकपा सचिवालयका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार परिषद्को बैठक राखेर पदपूर्ति प्रक्रिया अगाडि बढाउन सबैलाई आग्रह गरेको जानकारी दिएका छन् ।
बैठकले सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।