राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पत्रकारहरुले आचारसंहिताको पूर्ण पालना गर्नु पर्ने बताउनु भएको छ ।
जन न्युज नेपाल खवर प्रतिनिधि
आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन आमसञ्चारमाध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना बताउनु भएको छ ।राष्ट्रपति भण्डारीले पत्रकारिता ‘राज्यको चौथो अङ्ग’भएकाले लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकविना लोकतन्त्रको परिकल्पना गर्न नसकिने जिकिर गर्नु भएको छ ।
जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व रहेको बताउँदै भन्नुभयो, “लोकतन्त्रको निरन्तर अभ्यासको क्रममा आमसञ्चारको क्षेत्रमा देखिएका कतिपय कमीकमजोरी क्रमशः हट्दै जानेछन् भन्ने आशा गरेको र अपेक्षा गरेको राष्ट्रपति भण्डारीे बताउनु भयो ।राष्ट्रपति भण्डारीे यस वर्ष विश्वभरिका सञ्चारमाध्यम र सञ्चारकर्मी समेत कोभिड–१९ को महामारीबाट पीडित हुनुपरिरहेकामा दुःख लागेको र आफू नेपालका पत्रकारले सामना गर्नुपरेको चुनौतीका बारेमा जानकार रहेकोसमेत बताउनु भएको छ ।