आज चेन्नई र राजस्थान आज भिड्ने
इण्डियन प्रिमियर लिग आईपीएलमा आज चेन्नइ सुपर किंग्स र राजस्थान
नेपाली समय अनुसार आज बेलुका पौने ८ बजे खेल सुरु हुने भएको छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदैछ ।
पहिलो खेलमा साविकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको चेन्नई सोही जितकोकायम राख्न चाहान्छ ।
स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । पछिल्लो पाँच भेटमा भने राजस्थानले चेन्नईविरुद्ध एक मात्र जित निकालेको छ ।
अघिल्लो संकरणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो । यस पटक भने राजस्थान चेन्नईसँग अघिल्लो संस्करणको बदला लिइ जित हासिल गर्ने चाहान्छ । एजेन्सि