डा. गोविन्द केसीको उपचारका लागी ट्रमा सेन्टर पुर्याइयो ।
जन न्युज नेपाल खवर प्रतिनिधि
पा.डा. गोविन्द केसीले विभिन्न माग राख्दै जुम्लाबाट आफ्नो १९औं सत्याग्रह थालेका डा. केसीको स्वस्थ्यमा असर आएपछि काठमाडौं आएर टिचिङ जान लागेका .केसीलाई महाराजगञ्ज जानबाट प्रशासनले रोकेपछि प्रहरीले ट्रमा सेन्टर पुर्याएको छ ।
डा. केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै अब काठमाडौं जाने र सत्याग्रह जारी राख्ने बताएका थिए । केसी आज बिहान काठमाडौं आएका थियो । वीर अस्पतालको सम्पूर्ण सेवा अहिले ट्रमा सेन्टरबाट चलिरहेको छ । वीरलाई सरकारले कोभिड अस्पतालमा परिणत गरेसँगै ट्रमामा सेवा सरेका छ ।
डा. केसीले भदौ २९ गतेदेखि जुम्लाको सिंहचौरबाट सत्याग्रह सुरु गरेका थिए । प्रशासनले उनलाई आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि प्रशासनले डा. केसीलाई प्रतिष्ठानमा सारेको हो ।