Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अवैध रुपमा रक्तचन्दनको कारोबार गरेको आरोपमा ४ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ६ २०७७
  • 2.6K
    SHARES

अवैध रुपमा रक्तचन्दनको कारोबार गरेको आरोपमा ४ जना पक्राउ
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बौद्ध तीनचुलीबाट
अवैध रुपमा रक्तचन्दनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बौद्ध तीनचुलीस्थित डमरु फर्निचर कारखानाभित्र रहेको सुनिल तामाङको कोठामा बिक्री गर्ने उद्देश्यले राखेको २१ केजी रक्तचन्दन जस्तो देखिने करिब १ लाख ८६ हजार एक सय ५० रुपैयाँ मूल्य बराबरको दुई वटा मुडा बरामद गरेको छ ।
रक्तचन्दनको कारोबारको आरोपमा पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका–५ ठण्डापानी घर भई काठमाडौंको बौद्ध तीनचुली बस्ने २८ वर्षीय ओम बहादुर तामाङ, १८ वर्षीय किशोर, काभ्रे तिमाल गाउँपालिका–८ घर भई ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–६ घर भई बौद्ध तीनचुली बस्ने ४२ वर्षीय लाक्पा लामा रहेका छन् ।

रक्तचन्दन कारोबार बारे आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४