राप्रपाको महाधिवेशन आगामी बैशाखमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच सोमबार पार्टीको चुनाव चिह्न हलो कायम गर्ने सहमति बनेको छ । अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्नमा सम्झौता गर्नुपरेको बताएका छन् ।
शुरुमा राप्रपाको चुनाव चिह्न हलो नै भए पनि पछि विभाजित राप्रपा नेपालले पछि आएर गाईलाई चुनाव चिह्न बनाएको हो ।
हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने भए पनि अरु नेताले नमान्दा चिह्न छाड्नु परेको अध्यक्ष थापा बताउनु भएको छ
‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनावचिन्ह हो । तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भएकोले परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी÷शुभचिन्तकहरुमा अपिल गर्दछु । अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं ।’भन्दै थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ सबैलाई पार्टी कार्यकर्तालाई पार्टी बलियो बनाउन पनि आग्रह गर्नु भएको छ ।