नेकपा सचिवालयको बैठक आज मध्यान्न साढे १२ बजे बालुवाटारमा बस्दै !
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो मध्यान्न साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।
त्यसअघि सचिवालय बैठक आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो । सोमबार अर्थात हिजो बस्न तय भएको बैठक नेताहरुको व्यस्तता र तयारी नपुगेको भन्दै स्थगित भएकोे बैठक भएको थियो ।बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको थियो । भने आजको बैठकमा भने मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ ।
आजको बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका लगायतका कामलाई पूर्णता दिने र महाधिवेशनको तयारीका लागि सांगठनिक काम र योजना बैठकका मुख्य एजेण्डा रहेको छ ।
कोरोना महामारीका समयमा संघिय सांसदले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।