आजदेखि आन्तरिक हवाई उडान सुचारु
कोरोना महामारीका कारणले लामो समयदेखि भएको लकडाउनले गर्दा करिब ६ महिना लामो आन्तरिक हवाई उडान बन्द आज सुचारु गर्ने सबै तयारी पूरा भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
मुलक लकडाउन भएको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तर्राष्ट्रिय उडान भएका थियो । भने लक डाउन र निषेधाज्ञाको झण्डै छ महिनापछि अहिले निश्चित मापदण्डसहित सीमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेको छ । भने अर्का तर्फ पिसिआर सहज भएका मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान, अन्य केही मुलुकबाट चार्टर्ड उडान तथा नेपाली श्रमिक भएका मुलुकबाट उद्धार उडान पनि भइरहेका छन् ।
अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक आवतजावत गरी २० वटा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । सरकारले दिएका मापदण्ड अनुसार कोरोना महामारीबाट सुरक्षित रहनका लागि स्वास्थ्य प्रोटोकल पालना गर्दै अन्तर्राष्ट्रिय उडान भइरहेको छ । भने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले सातामा जम्मा १०० अन्तर्राष्ट्रिय उडान हुने गरेको र एयरलाइन्सले पालैपालो दैनिक १० वटासम्म उडान गर्ने गरेका छन् ।