पछिल्लो २४ घन्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ ।
पछिल्लो २४ घन्टामा मात्र देशका विभिन्न जिल्लामा १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार मुलकका विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा मात्र १ हजार ३ सय २५ जना थपिएका छन् । यो सहित देशभर संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको जनाएका छन् ।
संक्रमितमध्ये ४६ हजार २ सय ३३ जना निको भएर घर फर्किएका छन् भने ४ सय ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ