भियतनाममा आएको आँधीमा परि तीनको मृत्यु १ सय १२ जना घाइते ।
भियतनामको मध्य क्षेत्रीय प्रान्तहरमा आएको आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक एक सय १२ जना नागरिक घाइते भएका छन् । भने २६ हजार भन्दा बढी नागरिक प्रभावित भएका छन् ।
भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा नोउल नामको आँधीका कारण भौतिक १० घर भत्किएका छन् । भने भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएकोे र उक्त प्रान्तमा ५० भन्दाबढी नागरिक घाइते भएका छन् ।
भियतनामा यसै वर्षको जनवरीमा पनि ठूलो आँधी आएको र त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थियो ।