अमेरिकी राष्ट्रपति ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ
काठमाडौं अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत सम्बोधन गरेर पठाईएको पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको छ । उक्त पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका र ह्वाइट हाउस जाने सबै पत्र अनुगमन र निरिक्षण हुने केन्द्रमा निरिक्षण गर्दा विषालु पदार्थ भेटिएको अधिकारीहरुको भनाई छ ।
उनीहरुले यस्तै पत्र अरुपनि हुनसक्ने भन्दै अनुसन्धान तीव्र पारेको र अमेरिकी राष्ट्रपतिलाई सम्बोधन गरेर यसअघि पनि बेलाबखत यस्ता पत्रहरु आउने गरेका थियो ।अमेरिकी संघिय जाँच ब्युरो (एफबिआई) र सेक्रेट सर्भिसको प्रारम्भिक छानविनको क्रममा उक्त पत्र क्यानाडाबाट पठाईएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् । एजेन्सी