बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु
जन न्युज नेपाल खबर प्रतिनिधि ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । दुवैतिरको फोक्सोमा निमोनिया देखिएका उनलाई गत भदौ २० गते साँझ अस्पताल भर्ना भएकोे २१ गते भदौ कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । यो लगाायत बाँकेमा अहिले सम्म १० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।