Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेल्फ आइसोलेशनको नियम तोड्नेलाई १० हजार पाउन्ड जरिवाना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ४ २०७७
  • 5K
    SHARES

बेलायती सरकारले सेल्फ आइसोलेशनको आदेशलाई तोड्ने आफ्ना नागरिकलाई १० हजार पाउन्ड जरिवाना तोक्ने भएको छ ।सेप्टेम्बर २८ तारिख यता कोरोनाभाइरसद्वारा संक्रमित व्यक्तिहरु र संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु सेल्फ आइसोलेशनमा बस्नुपर्ने नियम तोकिएको छ ।
नयाँ सुरक्षाको सावधानीमा कम आय श्रोत भएकालाई एकपटकका लागि ५ सय पाउन्डको आर्थिक सहयोग दिने जनाइएको छ ।
कोरोनाभाइरस संक्रमितको संख्यामा लगातार वृद्धि हुन थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यस्ता कडा नियम लागू गरेका हुन् ।
शनिबार यहाँ कोभिड–१९ का ४ हजार ४ सय २२ जना संक्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो ।
स्कटल्याण्डमा ३५० नयाँ संक्रमित भेटिए । मे महिनापछि दैनिक भेटिएका संक्रमितको यो सबैभन्दा उच्च संख्या हो । यस्तै वेल्समा २ सय १२ नयाँ संक्रमित भेटिए भने उत्तरी आयरल्याण्डमा २२२ नयाँ संक्रमित भेटिएका थिए ।

नयाँ कानुन अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्विकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक पटक यो नियम उल्लंघन गर्नेका लागि यो जरिवानमा १० हजार पाउन्डसम्म पुग्नेछ ।

यसअघि सेल्फ आइसोलेशनलाई एक निर्देशनको रुपमा मात्रै लागू गरिएको थियो । यसमा कुनै जरिवाना तोकिएको थिएन ।
नयाँ नियम घोषणा गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नियमको पालना नै कोरोनाभाइरस विरुद्धको सबैभन्दा उत्कृष्ट तरिका भएको बताए ।

स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४