काठमाडौँ /आवश्यक देखिएका विषयमा संविधान संशोधनका गर्ने सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई
संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडू स्कुल अफ ल र साउथ एसिया ट्रष्टद्वारा प्रकाशित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपालले संविधान दिवसको पूर्वसन्ध्यामा संविधानविद विपिन अधिकारी, कनकमणि दीक्षितलगायतले तयार पारेको ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’ विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा संशोधनका लागि सरकार तयार रहेको बताएका छन् । संविधानका विषयमा भएका टिप्पणी, व्याख्या र दुई वर्षअघि आयोजित संविधानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका प्रस्तुतिहरुमा आधारित ६४६ पुष्ठको पुस्तकको सम्पादन संविधानविद् डा विपिन अधिकारीले गरेका छन् ।
प्रधानमन्त्री ओलीले विश्वकै तुलनामा सम्भवतः बढी मौलिक हकहरुको प्रबन्ध गरिएको नेपालको संविधान एक गतिशील दस्तावेज हुद नयाँ संविधानलाई नेपाली जनताको चाहनाबमोजिम पारित हुन नदिने चलखेल शुरुदेखि नै भएको र नेपाली जनताले त्यस्तो चलखेललाई परस्त गरिदिएको समेत प्रधानमन्त्री ओलीले बताए ।संविधानको सही कार्यान्वयन गर्दै जाँदा व्यवहारका क्रममा देखिएका विषयमा औचित्यका आधारमा संशोधन गर्न सरकार तयार रहेको तर कसैको बहकाउमा लागेर संविधान संशोधनको कार्यसूची ल्याउन नहुनेमा प्रधानमन्त्री ओलीको भनाइ छ ।प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवालमा सबै एक भएर नेपालको नयाँ राजनीतिक नक्सालाई दोस्रो संशोधनमार्फत सर्वसम्मतरुपमा समेटिएको घटनाले राष्ट्रिय एकता गराउने देन र तागत संविधानमा रहेको पुष्टि भएको उल्लेख गरेका छन् ।