वामदेव गौतमलाई राष्ट्रियसभामा लगेमा राजनीतिक ठुलो दुर्घटना हुन सक्ने भन्दै साझा पार्टीको आपत्ति ।
साझा पार्टीले नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लागिएको प्रति ध्यान आकर्षण गराउँदै राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका भन्दै गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत फैलाउनुु मात्र नभई नेपालको लोकतन्त्रमाथि नै घोर आपति र घातक भएको पार्टीले जनाएको छ ।
साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वाराले जारी गरेको विज्ञप्तिमा आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास भएको भन्दै लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार मात्र नभई यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुन धोका दिएको पार्टील बताएको छ ।
संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा नै खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय भएको पार्टीले जनाएको छ ।
संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको भन्दै चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गदै
‘भोली राजनीतिक ठुलो दुर्घटनाको बाटोमा नलैजान पार्टीले समयमै सचेत हुने भन्दै विज्ञप्तिमा समेत जारी गरेको छ ।