पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध । अझै तीन घण्टासम्म लाग्नसक्ने
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ मा पर्ने पहिरो केराबारीमा शुक्रबार पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
१४ किलो र १७ किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको हुदा पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने प्रमुख भट्टको अनुमान गर्नुभएको छ।