रामेछाप जिल्ला पार्टी सभापतिमा उम्मेदवारी दिने पूर्ण बहादुर तामाङ “कान्छाराम “को घोषणा
जन न्युज नेपाल खवर प्रतिनिधि योगेश श्रेष्ठ रामेछाप ।
रामेछाप / नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले आगामी १४ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले जिल्लाभित्र पार्टीको संगठन कमजोर भएकाले संगठनलाई सुदृढ बनाउन सभापतिमा उम्मदेवारी दिने घोषणा गर्नुभएको हो ।
निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता कान्छारामले जिल्लाभित्र पार्टीलाई बलियो बनाउन आफूले उम्मेदवारी दिन लागेको जन न्युज नेपाल खवर प्रतिनिधिलाइ बताउनुभयो । गत प्रतिनिधिसभाको निर्वाचनमा पराजित हुनुभएका कान्छाराम हाल जिल्लाबाट महासमिति सदस्य रहनुभएको छ । भने उहाले रामेछाप जिल्लामा बिकाश निर्माण लगाएत सामाजिक कार्यमा सहयोग पुर्याउदै आउनुभएको छ